नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो

 मंसिर ४, २०७६ बुधबार ६:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन् । टप १०० को लिस्टमा सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् । सन्दीपको वरीयता पनि तल झरेको छ । 

सन्दीप ४१४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए । गएको महिना उनको वरीयता ६४ औं स्थान रहेको थियो । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन् । उनी ३७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् । अलराउण्डरमा भने उनी यसअघि पनि परेका थिए ।

यसअघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् ।

यस्तै टी २० को व्याटिङतर्फ पारस खड्का ४५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए ।

८० रेटिङ प्वाइन्टकासाथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए । यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै ६० औँ स्थानमा पुगेका छन् । अलराउण्डरतर्फ नेपाली टिममा संकट मोचकको उपमा पाएका करण केसी ८३ औँ स्थानमा परेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया