टी १० लिगमा पारस र सन्दीपको खेल शुक्रबार

 मंसिर ४, २०७६ बुधबार ७:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूएईमा भइरहेको टी १० लिग क्रिकेटको लिग चरणका खेल सकिएका छन् । मंगलबारदेखि सुपर लिगको खेल सुरु भइसकेको छ ।

सुपर लिगमा २२ नोभेम्बर अर्थात् शुक्रबार नेपालका दुवै खेलाडी पारस खड्का  र सन्दीप लामिछानेको टिम आमने सामने हुने छन् । 

यो खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।

अहिलेसम्म पारसले २ वटा खेलमा टिममा स्थान बनाए भने सन्दीपले तीन वटामा बनाइसकेका छन् ।

सन्दीपले अहिलेसम्म तीन विकेट हात पारेका छन् भने पारसले पनि नट आउट ४ रन जोडेका छन् । सन्दीपले सोमबार सबैभन्दा महँगो ओभर बलिङ गरेका थिए ।

उनको एकै ओभरमा किरन पोलार्डले ३० रन दिएका थिए । पारस भने सोमबारको टिममा परेका थिएनन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया