डोटीमा नक्कली नोट भेटियो

 मंसिर ४, २०७६ बुधबार १८:१६:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा एक हजार रुपैयाँ दरका नक्कली नोट भेटिएको छ ।

दिपायलस्थित एनसीसी बैंकमा एक जना ग्राहकले आफनो खातामा रकम जम्मा गर्न ल्याउँदा एक हजारका दुई वटा नक्कली नोट फेला परेको हो ।

बैंक कर्मचारी अनिल शाहीले ३५ हजार रुपैयाँ जम्मा गर्न आएका एक जना ग्राहकबाट दुई वटा नक्कली नोट फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक जना ग्राहक पैसा जम्मा गर्न आउनु भयो, हामीले पैसा बुझ्ने बेला दुई नोट नक्कली भएको फेला पा¥यौँ ।’ ती नोटको कागज फरक खालको तथा फोटोकपी पेपरजस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाइ छ ।

उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा नक्कली नोट भेटिएकाबारे अनुसन्धान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्म रुपमा अध्यन र छानबिन हुनेछ ।’ 

अन्तिम अपडेट: फागुन २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया