कर्मचारी समायोजनमा देखिएका समस्या समाधान गर्छु: सामान्य प्रशासनमन्त्री त्रिपाठी

 मंसिर ५, २०७६ बिहिबार १६:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागिपर्ने बताउनुभयाे ।

बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री त्रिपाठीले दिउँसो सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहण गर्दै सञ्चारकर्मीमाझ स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनु भयो ।

मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताउनु भयो । उहाँले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया