विश्व बैंकले भन्यो : विद्युतको क्षेत्रमा नेपालको प्रगति गर्व गर्न लायक छ

 मंसिर ५, २०७६ बिहिबार १६:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको जनाएको छ । 

बिहीबारदेखि काठमाण्डौमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच. हदाद जर्भोसले नेपालले विद्युत् उत्पादन र विद्युतीकरणमा राम्रो गतिमा प्रगति गरिरहेको बताउनुभयो । 

निर्देशक जर्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको र सन् २०१८ देखि देशमा लोडसेडिङ हटाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले गुणस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा गर्व लागेको पनि बताउनुभयो । 

तर विश्व बैंकले गरेको सर्वेक्षणले विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि एक सयमध्ये ७० परिवारले प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेको देखाएको छ । 

सम्मेलनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले  आउँदो दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया