मतदातालाई प्रभाव पार्न सरकार र नेकपा सांसदले कम्बल बाँडिरहेका छन् : कांग्रेस

 मंसिर ५, २०७६ बिहिबार २०:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ । 

नेपाली कांग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो । उपचुनाव हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिलाई निरन्तरता दिएकाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको समितिका संयोजक एवं कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । 

कांग्रेसले उपचुनावलाई प्रभावित पार्ने खालका गतिविधिमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भीर ध्यानाकर्षण पनि गराएको छ । मतदातालाई प्रभावित पार्नेगरी कम्बल बाँड्ने, डोजर चलाउने लगायतका काम सरकार र सत्तारुढ दल नेकपाका सांसदहरुले गरिरहेकाले त्यसमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भीर ध्यानाकर्षण गराउनु परेको संयोजक लेखकले बताउनु भयो ।

नेपाली कांग्रेसले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ । कांग्रेस नेता लेखकले सामान्य बहुमतको आधारमा पनि संवैधानिक परिषद्ले निर्णय गर्नेगरी ऐन अध्यादेशमार्फत ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनु भयो ।

नेता लेखकले संविधान विपरीत संवैधानिक परिषद्को ऐन अध्यादेशमार्फत ल्याउने काम नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया