गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस : जोखिम न्यूनिकरणको काम क...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयमा बिहीबार आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै देशको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभयो ।
नागरिकसँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीयरुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उहाँले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । राष्ट्रिय गौरवका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उहाँको भनाइ थियो ।
त्यस्तै मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किँदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गर्दै आयात कम गरी व्यापार घाटा कम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उद्योग राज्यमन्त्री दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको टिप्पणी गर्नुभएकाे छ ।