उच्च अदालत पाटनले महराको कैफियत प्रतिवेदन मगायाे

 मंसिर ६, २०७६ शुक्रबार २०:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर - उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा राख्नुको आधार र कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालत काठमाण्डौलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो ।

निवर्तमान सभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाउँ भन्ने आग्रहसहित निवेदन बिहीबार दर्ता गरेका थिए । प्रतिवेदनमा अनुसन्धान हुने गरी थुनाबाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश सुदर्शनराज पाण्डेले गएको कात्तिक १८ गते महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका थुनामा पठाउने आदेश गरेको थियो । आदेशसँगै महरा डिल्लीबजार कारागारमा छन् ।

गएको असोज १२ गते बलात्कारको प्रयास गरेको आरोपमा किटानी जाहेरी परेपछि महरा पक्राउ परेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया