नेशनल मेडिकल कलेजका धर्ना बसेका विद्यार्थीहरुमाथि छात्रावास छिर्न खोज्दा कुटपिट

 मंसिर ६, २०७६ शुक्रबार २१:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - शुल्क फिर्ताको माग राखेर धर्ना बसेका नेशनल मेडिकल कलेज वीरगञ्जका विद्यार्थीहरुलाई धर्ना सकेर छात्रावास छिर्न खोज्दा कुटपिट गरिएको छ ।

 कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलनरत विद्यार्थी छात्रावास फर्किने क्रममा गेटमै शुक्रबार कुटिएका हुन् ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म धर्नामा बसेका उनीहरु धर्ना सकेर होस्टल जाने क्रममा कुटपिट भएको पीडित विद्यार्थीले बताएका छन् । मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारीको इशारामा कलेजकै अग्रज विद्यार्थीहरुले आफूहरुलाई हातपात गरेको धन बहादुर तमाङले बताउनुभयाे ।

निर्देशक अन्सारीले कलेजका भारतीय तथा आफ्ना नातागाेताका बिद्यार्थीहरुको समूह लगाएर आन्दोलनरत विद्यार्थीलाई कुटपिट गर्न लगाएको पीडित विद्यार्थीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले धर्नामा बसेका विद्यार्थीहरु धर्नाबाट उठेपछि अन्य विद्यार्थीहरुसँग विवाद भएको बताउनु भयो । उहाँले झगडा र अप्रिय घटना हुन नदिन आफूहरु गम्भीर रहेको समेत बताउनु भयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया