ऋषभ पन्त टेस्ट टिमबाट हटे !

 मंसिर ७, २०७६ शनिबार १४:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय टेस्ट टिमबाट विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई रिलिज गरिएको छ । महेन्द्रसिंह धोनीको विकल्पमा टिममा राखिएका पन्तले आशातित प्रदर्शन गर्न नसकेपछि बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट रिलिज गरिएको हो ।

भारतीय चयनकर्ताले पन्तलाई सैय्यद मुश्ताक अली ट्रफी खेल्नका लागि रिलिज गरिएको बताएका छन् । उनलाई वेस्टइण्डिजविरुद्धको टी-२० मा भने मौका दिने सम्भावना रहेको छ ।

पन्तका साथै शुभमन गिललाई पनि रिलिज गरिएको जनाइएको छ । बीसीसीआईका एक अधिकारीकाअनुसार पन्त वेस्टइण्डिजविरुद्धको टी-२० र एक दिवसीय क्रिकेटमा भने टिममा रहने छन् । पन्त कोलकता टेस्टमा पनि नरहेकाले मुम्बई टेस्टमा पनि टिममा पर्न असफल भएका हुन् । पन्तको ठाउँमा एस भरतलाई बोलाइएको छ ।

भरत इण्डिया ‘ए’ टिमको नियमित सदस्य हुन् । अहिलेसम्म ६९ फर्स्ट क्लास म्याचमा भरतले ३ हजार ९ सय ९ रन बनाएका छन् यसमा उनले ८ शतक र २० अर्धशतक पनि सामेल छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया