शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
जुम्ला - जुम्लाको कालेखोलीमा रहेकाे एउटा ३ तले घरमा भीषण आगलागी भएको छ ।
आइतबार मध्याह्न १२ बजेतिर आगलागी सुरु भएकाे र दमकल जाने बाटो नभएकाले पुरै घर जलेर नष्ट भएको छ । जलेको घर जुम्लाकाे चन्दननाथ नगरपालिका-२ का गोविन्द भण्डारीको भएको स्थानीय कर्ण भण्डारीले जानकारी दिनुभयो ।
आगलागी भइरहेको घरको अर्को तर्फबाट डोजरले बाटो बनाएर भर्खरै दमकल पुगेको छ भने नेपाली सेना, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । आगलागी नियन्त्रणमा लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मानवीय क्षति भएको जानकारी नभए पनि घरमा भएका सामानहरु सम्पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरधनी जिल्लाबाहिर भएकाले क्षति विवरण आउन केही समय लाग्ने देखिन्छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।