युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा

 मंसिर ११, २०७६ बुधबार ७:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एट्लेटिको मड्रिडलाई १–० ले हराउँदै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

समूह डीको पाचाैँ खेलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई हराउँदा पाउलो डिबालाको गोल निर्णाय बन्यो । 

उनले पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै टिमलाई अग्रता दिलाए । जुन गोल खेलमा निर्णायक बन्दा युभेन्टस समूहको विजेता बन्न सफल भयो ।

समूहमा एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । नकआउट चरणमा पुग्नका लागि एट्लेटिको मड्रिडले समूह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई हराउनु पर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया