अर्घाखाँचीमा बस दुर्घटना : १० जनाको ज्यान गयो

 मंसिर ११, २०७६ बुधबार १७:३७:४४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।

दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Kamal

    Nov. 27, 2019, 6:02 p.m.

    There had been several accidents and loss of life. What is the cause- road condition, old buses or reckless drivers.?why cannot Govt. takes a serious action displacing old vehicles, checking drivers . It seems only Air accidents gets attention that too forminG a small AYOG. It is high time now to think about public buses first to save the life of commoner.

  •  0 Reply
  • Sitaram Ojha

    Nov. 27, 2019, 5:53 p.m.

    हैन किन अर्घाखाँचीमा धेरै दुर्घटना हुन्छ ?यो समाचार भन्दा पहिला पनि म त्यही ठाउँको दुर्घटनाको समाचार पढ्दै थिए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया