प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै परिचय खुलेकाे छ ।
सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको थियाे ।
दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क-१० का छविलाल गैरे, गुल्मी, धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
परिचय खुलेका अन्य ९ जनामा वाणगंगा नगरपालिकाका ३ महिने साेभाकर पाेख्रेल, वाणगंगा-८ चपरगाउँकी २७ वर्षीय सिता बस्नेत, गुल्मीङ्काे मदाने गाउँपालिका -२ का ३२ वर्षीय चालक बसन्त भनिने ओमबहादुर, सन्धिखर्क-२ की ५९ वर्षीया सिताकुमारी सार्की, भूमिकास्थान-९ की ५० वर्षीया सिता घिमिरे, भूमिकास्थान-९ की ५० वर्षीया विष्णुमाया गैरे, भूमिकास्थान-७ का ५१ वर्षीय मेघनाथ भण्डारी जैसी, शितगंगा-१ की १५ वर्षीया मञ्जु विक, छत्रदेव -८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा-७ का ४८ वर्षीय लाेकबहादुर दर्जी, शितगंगा-७ कै ५५ वर्षीय हरिबहादुर दर्जी, शितगंगा-२ का ३८ वर्षीय सन्तबहादुर बस्नेत रहेका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरुकाे विवरण