सिप्रदीकाे स्वराेजगार कार्यक्रम: अब चालक नै मालिक

 मंसिर १२, २०७६ बिहिबार १७:४४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रोजगारीको अवसर सृजना गरेर युवाहरुलाई देशमै राख्ने अभियानमा युवा स्वरोजगार कार्यक्रमका साथ सिप्रदी टेडिङ प्रालिले अग्रसरता देखाएको छ । 

विशेषतः थोरै रकम खर्चेर खाडी देशमा जाने युवा र खाडीबाट फर्केकाहरुलाई लक्षित गर्दै सिप्रदी युवा स्वरोजगार कार्यक्रम ल्याइएको हो । यस कार्यक्रममा सहभागी हुने ग्राहकलाई सिप्रदीले सामान्य ‘डाउन पेमेन्ट’मा टाटाको साना र मझौला गाडी उपलब्ध गराउने छ । ग्राहकले बैंकमार्फत गाडी किन्दा तिर्नुपर्ने न्यूनतम रकम तिरेपछि बाँकी सबै कागजातको काम सिप्रदी आफैँले मिलाइदिनेछ । 

किस्ताबन्दी रुपमा बैंककाे ऋण तिर्ने अवधिभर पनि सिप्रदीले सहयोग गर्छ साथै ग्राहकहरुका लागि रोजगारी खोजिदिने कामसमेत गर्दछ । यस बाहेक बैंकको कागजात मिलाउने झन्झट नहोस् भनेर सिप्रदी आफैँले मिलाइदिने व्यवस्था गरेको छ । 

यसैगरी उपाय सिटी कार्गाे नाम गरेकाे संस्थासँग आबद्ध भएर काम गरिरहेकाे सिप्रदीले यसै संस्थाकाे सहयाेगमा कार्यक्रममा समावेश हुने सबैको आम्दानी सुरक्षित पार्ने र रोजगारी खोजिदिने काम पनि गर्नेछ ।
 
कार्यक्रममा समावेश हुने ग्राहक आफैँ गाडीको मालिक र चालक बन्नेछन् । त्यसैले यो कार्यक्रममा समावेश हुने ग्राहकसँग सवारी अनुमति पत्र (लाइसेन्स) हुनैपर्ने प्रावधान रहेको साना तथा मझौला गाडीका सहायक व्यवस्थापक केशव पाण्डेले बताउनु भयो ।

यो कार्यक्रमबाट हालसम्म ५ जना लाभान्वित भइसकेका छन् । सिप्रदीले यो कार्यक्रमका लागि ५०० दखि २५०० केजीसम्मको भारी बोक्ने क्षमता भएको टाटा एस, पिकअप रेन्ज र एससीभी रेन्जका गाडीहरु समावेश गरिएको पाण्डेले जानकारी गराउनु भयो । 

५देखि ७ लाख रुपैयाँ खर्च गरेर विदेशिने युवाले र विदेशबाट फर्केकाहरुले त्यति पैसा राखेर आफैँ गाडीको मालिक बनेर सहज रुपमा नेपालमै बसेर कमाइ गर्न सक्ने कुरामा ढुक्क हुनसक्ने साना तथा मझौला गाडीका सहायक व्यवस्थापक पाण्डेले दाबी गर्नुभयो ।

झण्डै चार महिना अघिदेखि सञ्चालनमा आएकाे याे कार्यक्रममा अहिले ४०/५० युवाहरुले यो कार्यक्रममा चासो देखाएकोले त्यति नै गाडीको आवश्यकता रहेको सिप्रदीको भनाई छ । 

युवा स्वरोजगार कार्यक्रमलाई बृहत रुपमा लैजानको लागि सिप्रदीले दोस्रो चरणमा गाउँगाउँमा गएर बिदेसिने मान्छेलाई रोक्नको लागि अभियान चलाउने र कार्यक्रमको बारेमा जानकारी गराउने तयारीमा रहेको पाण्डेले बताउनु भयो । 

कार्यक्रममा विभिन्न रुपमा सहभागी हुने तथा तिनीहरुका लागि अलग अलग प्रकृया रहेको कम्पनीले जनाएकाे छ । उपाय सिटी कार्गाेसँग मिलेर सिप्रदीले गरेको कार्यक्रममा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म गाडी चलाउने ग्राहकहरुका लागि एउटा प्याकेज रहेको छ भने बिहान १० बजेदखि ५ बजेसम्म चलाउन इच्छुकका लागि अर्काे प्याकेज रहेको छ ।

यो सबै प्याकेजमा किस्ता र अन्य खर्चहरु कटाएर एउटा ग्राहकले मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्न सक्ने पाण्डेकाे दावी छ । गाडीको बिक्रीसँगै ग्राहकको कमाइ र रोजगारी सुरक्षित गर्न यो कार्यक्रम निकै महत्वपूर्ण हुने उहाँले बताउनुभयो । 

गाडी किन्ने ग्राहकका लागि सिप्रदीले गाडीकाे १ वर्षको कर तिरिदिने, बीमा तथा नामसारी आफैँले गरिदिनेछ । 

युवा स्वरोजगार कार्यक्रममा समावेश हुने ग्राहकका लागि बैैंंकको ऋण तिर्ने ५ वर्षको अवधिमा कम खर्चमा मर्मत सम्भारको सुविधा पनि रहेको छ । साथै निःशुल्क कुपनलगायत अन्य सुविधा पनि यस कार्यक्रममा समावेश गरिएकाे छ ।

यो कार्यक्रमले रोजगारी र कमाइ सुरक्षित गराउनुको साथै बैंकको कागजातको प्रकृयाको असुविधालाई चिर्दै स्वरोजगार बन्न सहयोग गर्ने कम्पनीको बिश्वास छ ।

सिप्रदीले यो कार्यक्रममा धेरै जनालाई सहभागी गराउन आफ्ना बजार प्रतिनिधिमार्फत विभिन्न ठाउँमा पुगेर ग्राहकहरु खोजिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Shyam panta

    March 9, 2020, 3:12 p.m.

    Ramro kura garnu vayo I am also interested.

  •  0 Reply

तपाईको प्रतिक्रिया