म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित

 मंसिर १३, २०७६ शुक्रबार ६:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग दुई एकले स्तब्ध भएको छ ।

एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड दुई एकले पराजित भयो । त्यसो त युनाइटेडले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १० औँ मिनेटमा जेसी लिंगार्डको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । उनले क्लबका लागि करिब १० महिनापछि गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफका सुरुवातमा नै दुई गोल खान पूग्यो । त्यसमा उसले एक गोल आत्मघाती गर्‍यो । ५५ औं मिनेटमा सोम्कोले गोल गर्दै युनाइेटडको अग्रतालाई बराबरीमा पुर्‍याए ।

तर ६२ औँ मिनेटमा युनाइेटडका बेर्नार्टले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे । उनले दोस्रो हाफको सुरुवातमा नै यस्तै गोलको नजिक पुगेका थिए । तर त्यो बेला उनी बचेका थिए ।

यो हारले पनि युनाइेटडलाई फरक भने पर्ने छैन । उसले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ । 

त्यसैले पनि युनाइेटडले बिहीबारको खेलमा मुख्य खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मैदानमा उतारेको थियो । उसले सात जना युवा खेलाडीलाई खेलाएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया