जर्मन क्लब इन्ट्राक्ट फ्राङ्कफर्टसँग पराजित भएपछि आर्सनलका प्रशिक्षकको भूमिका संकटमा

 मंसिर १३, २०७६ शुक्रबार ७:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिगमा जर्मन क्लब इन्ट्राक्ट फ्राङ्कफर्टसँग पराजित भएपछि आर्सनलका प्रशिक्षक उनाई इमेरीको भूमिका संकटमा परेको छ ।

इमेरीको प्रशिक्षणमा पछिल्लो समयमा आर्सनलले खराब प्रदर्शन गर्दै आएको छ । आर्सनल पछिल्लो सात खेलमा जितविहीन छ । जुन सन् १९९२ पछि कै खराब प्रदर्शन हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफको अन्तिम समयमा पिएरे एमरिक अबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । 

तर, दोस्रो हाफमा दाइची कामादाले दुई गोल गरेपछि आर्सनल पराजित भयो ।

खेल सकिएपछि इमेरीले दर्शकलाई टिमको समर्थन गर्नका लागि इशारा गर्दा समर्थकहरुले ‘इमेरी आउट’ भन्दै चर्को नारा लगाएका थिए ।

दशर्कहरुले इमेरी आउट लेखेको प्लेकार्डसमेत देखाएका थिए ।

लगातारको खराब प्रदर्शनपछि इमेरीलाई चरम दबाब आएको छ । अहिले आर्सनल प्रिमियर लिगमा आठौं स्थानमा छ । युरोपा लिगमा भने आर्सनल अन्तिम ३२ मा स्थान बनाउने करिब निश्चित छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया