डोटीको आदर्श गाउँपालिका २ मा नेकपा विजयी

 मंसिर १५, २०७६ आइतबार ८:५४:५० | विमल बिष्ट
unn.prixa.net

डोटी - आदर्श गाउँपालिका– २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ ।

बोहराले कुल ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गर्नु भएको छ । कुल १५९० मत खसेकोमा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुर्घटनामा ज्यान गएपछि उपचुनाव भएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया