शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - प्रदेशसभा उपचुनाव अन्तर्गत दाङ ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री विजयी हुनुभएको छ ।
उहाँले २४ हजार २८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याउनुभयो ।
यसअघि २०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी हुनुभएको थियो। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।