आईसीयूबाटै पक्राउ परे बलात्कार आरोपी सिद्धबाबा

 मंसिर १६, २०७६ सोमबार ८:१५:४१ | सुमन पुरी
unn.prixa.net

सुनसरी – बलात्कारको आरोप लागेका कृष्ण दासलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि आइतबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्न खोजेको थियो । तर अनुसन्धानका लागि प्रहरी कार्यालयमा लैजान प्रहरी अस्पताल पुगेपछि नाटकीय ढंगबाट दास आईसीयूमा भर्ना भएका थिए ।

सोमबार बिहान ५ बजे सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माको टोलीले दासलाई पक्राउ गरेको हो ।

शर्माका अनुसार दासको स्वास्थ्य अवस्था सामान्य रहेकाले पक्राउ गरिएको हो । आइतबार बिहान डीएसपीकै नेतृत्वमा गएको प्रहरीको टोली पुग्नेवितिकै हृदयघात भएको भन्दै उनलाई आईसीयूमा लगिएको थियो ।

पक्राउ परेका दासलाई एम्बुलेन्समा राखेर अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको शर्माले जानकारी दिनुभयो ।

सनसरीको चतराधाममा १२ वर्षदेखि सिद्धबाबाको रुपमा बस्दै आएका इटहरी–२० का कृष्ण दासले आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ ।

ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया