बागलुङ जीप दुर्घटना अपडेट : ज्यान गुमाउने १० जनाको सनाखत

 मंसिर १७, २०७६ मंगलबार १३:३५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये १० जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीया भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्रीको परिचय खुलेको छ । 

अन्य चार जनाको परिचय खुलेको छैन । ज्यान गुमाएकाको बुर्तिबाङ अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका–४ का ३८ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसीको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो।

सम्बन्धित समाचार

दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका–४ का १५ वर्षीय धनबहादुर कार्की बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो । 

गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७ भिमगिठेको घोकर्णामा दुर्घटना भएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया