१३ औँ साग: पुरुष फुटबलमा नेपालद्वारा भुटान चार-शून्यले पराजित

 मंसिर १७, २०७६ मंगलबार १६:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध चार-शून्यको जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा नै कप्तान सुजल श्रेष्ठकाे गोलमार्फत नेपालले अग्रता बनायो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अरु तीन गोल थप्यो । नेपालका लागि कप्तान सुजलले फेरि गोल गरे भने अभिशेक रिजाल र मिक्चेन तामाङले एक एक गोल थपे ।

खेलको ६६ औंँ मिनेटमा सुजलले अनन्त तामाङको पासको सदुपयोग गर्दै गोल गरे ।  त्यसपछ ७० औंँ मिनेटमा नेपालले चौथो गोल गर्यो । यसपटक मिक्चेन तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भए । जसका कारण नेपालले प्रभावशाली जित निकाल्दै तीन अंक जोड्यो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया