इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित

 मंसिर १८, २०७६ बुधबार ७:५१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले बर्नलेमाथि ४–१ को जित निकालेको छ । ग्याब्रियलल जेससले दुई गोल गर्दा सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सिटीको जितमा पछिल्लो तीन खेलमा पहिलो जित निकालेको हो । 

२४ औँ मिनेटमा ग्याब्रियल जेससले २४ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिटीले तीन गोल थप्यो । 

५०औँ मिनेटमा ग्याब्रियल जेससले ब्यक्तिगत दोस्रो गोल गरे । ६८औँ मिनेटमा रोद्री हर्नान्डेजले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । ८७ औँ मिनेटमा रियाद मेहरेजले गोल गरेपछि म्यान्चेष्टर सिटीले चार गोलको अग्रता लियो ।

८९ औँ मिनेटमा ब्राडीले बर्नलेका लागि गोल गरेपछि त्यो सान्त्वना गोल बन्न पुग्यो । जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी आठ अंकमा झारेको छ । सिटी ३२ अंक छ भने शीर्ष स्थानको लिभरपुलको ४० अंक छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया