भोजपुरमा चिर्पटले हानेर भाइले गरे दाइको हत्या

 मंसिर १९, २०७६ बिहिबार १०:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पटले हानेर दाइको हत्या गरेका छन् । 

१८ वर्षीय भाइ डिकमान राईले चिर्पट प्रहार गरी दाइ ४० वर्षीय सुवास राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गएको सोमबार दुवै दाजु भाइले रक्सी खाएर चिर्पट हानाहान गरेका थिए । चिर्पट हानाहान गर्दा गम्भीर घाइते भएका दाजुको बुधबार राति उपचारको क्रममा घरमा नै ज्यान गएको हो । 

हत्या गर्ने भाइलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया