भुटानविरुद्धको खेलमा ज्ञानेन्द्रको शतक, पारसको अर्धशतक

 मंसिर १९, २०७६ बिहिबार १०:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेका छन् भने पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुर मैदानमा करिब ५ वर्षपछि भएको टी–२० क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्रले आक्रामक शतक प्रहार गरे । उनले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गर्दै शतक बनाए ।

यससँगै उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यस्तै, पूर्व कप्तान खड्काले अर्धशतक पूरा गरे । उनले एक छक्का र नौ चौका प्रहार गरी २८ बलमा ५७ रन जोडेका हुन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया