वैदेशिक रोजगारीको नाममा बेचबिखन, एजेण्ट र म्यानपावर व्यवसायी नै संलग्न

 मंसिर १९, २०७६ बिहिबार ११:५१:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – मानव बेचबिखनमा सबैभन्दा धेरै एजेण्ट र म्यानपावर व्यवसायी नै संलग्न रहेको एक अध्ययनले देखाएको छ ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटबिन) ले २०७५ सालमा सञ्चार माध्यममा प्रकाशित मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी समाचारको अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रतिवेदनले ३३ प्रतिशत एजेण्ट र म्यानपावर व्यवसायी मानव बेचबिखनमा संलग्न भएको देखाएको हो ।

म्यानपावर र एजेण्टभन्दा पछि २७ प्रतिशत घटनामा भारतीय नागरिक, १२ प्रतिशतमा छिमेकी, प्रेमी र श्रीमानलनै बेचबिखनमा संलग्न भएका ६/६ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ ।

११ पत्रिकामा छापिएका २ सय २७ समाचार सामग्री अध्ययन गर्दा मानव बेचबिखन तथा ओसारपसार ऐनमा पनि संशोधन गरेर वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखन तथा ओसारपसार वा मानव तस्करीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै खाडीका देशमा घरेलु काममा जान महिलालाई रोक लगाइए पनि अझ प्रतिबन्धका कारण अवैध तरिकाले जोखिमपूर्ण रुपमा जाँदा यौनशोषण र श्रमशोषण तथा बेचबिखन बढेको भन्दै राज्यले तत्कालै ठोस निर्णय गनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

एटबिनले विभिन्न छापा सञ्चारमाध्यममा प्रकाशित समाचार तथा समाचारमुलक सामग्रीहरुलाई २०५४ सालदेखि निरन्तर रुपमा एटबिन सूचना तथा स्रोत केन्द्रमार्फत दस्तावेजीकरण गर्दै आएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया