आगो लगाएर हत्या गरेको आरोप

 मंसिर १९, २०७६ बिहिबार १८:४४:२० | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगपालिका ४ मुडभराकी २६ वर्षीया भावना भट्टको परिवारकै सदस्यले आगो लगाएर हत्या गरेको माईती पक्षले आरोप लगाएका छन् । 

परिवारको सदस्यले बहिनीमाथि पेट्रोल छर्केर आगो लगाएको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाउनु भएको छ । हत्यामा बहिनीका श्रीमान मीनराज शर्माको संलग्नता रहेको भट्टको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले काम थाल्ने छ ।’

गएको मंसिर ७ गते शरीरमा आगो लागेरपछि गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएको र थप उपचारका लागि भारतको बलेरी लगिएको थियो । 

बेरी अस्पतालले उहाँको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै भागी विवाह भएको घरपरिवारले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया