प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुँदै

 मंसिर १९, २०७६ बिहिबार १४:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई केहीबेरमा नै अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । 

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमै उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उहाँको मिर्गाैलाको नियमित डायलाइसिस समेत हुँदै आएको थियो । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया