१३औँ साग : १२७ स्वर्णकाे टुंगाे, कुन देशले कति जित्याे ?

 मंसिर १९, २०७६ बिहिबार २०:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा सर्वाधिक स्वर्ण जितेको छ ।   

यसअघि आठौँ संस्करणमा ३१ स्वर्ण जितेर बनाएको स्वर्णको रेकर्ड नेपालले जारी १३औँ सागमा भंग गरेको छ । नेपालले अहिलेसम्म ३६ स्वर्ण जितेको छ । याे समाचार तयार पार्दासम्म नेपालले जम्मा ३६ वटा स्वर्ण पदक जितेकाे छ । त्यस्तै नेपालले २६ रजत पदक तथा ३४ कास्य पदक जितेकाे छ ।

तेक्वान्दाेमा मात्रै १२ स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो । 

त्यस्तै नेपालले करातेमा १० स्वर्ण पदक जितेकाे छ भने साइक्लिङमा ४ तथा उसुमा ५ स्वर्ण जितेकाे छ ।

भारत शीर्ष स्थानमा 

बिहीबारसम्म १२७ स्वर्ण पदककाे टुंगाे लागेकाे छ । पदक तालिकाकाे शीर्ष स्थानमा रहेकाे भारतले ५७ स्वर्ण, ४० रजत तथा २० कास्य पदक जितेकाे छ । तेह्रौं सागमा कुल ३२४ स्वर्ण पदकको लागि स्पर्धा हुनेछ ।

तालिकाकाे तेस्राे स्थानमा रहेकाे श्रीलंकाले १७ स्वर्ण, ३२ रजत र ५१ कास्य पदक जितेकाे छ । चाैथाे स्थानमा रहेकाे पाकिस्तानले १२ स्वर्ण, २१ रजत र २२ कास्य पदक जितेकाे छ ।

पाँचाैँ स्थानमा रहेकाे बंगलादेशले ४ स्वर्णसहित १० रजत र ४१ कास्य पदक जितेकाे छ । 

एक स्वर्णसहित २ कास्य पदक जितेकाे माल्दिभ्स पदक तालिकाकाे छैटाैँ स्थानमा रहेकाे छ । ६ कास्य पदक जितेकाे भुटान भने पदक तालिकाकाे पुच्छारमा रहेकाे छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर - उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी - भाराेत्तलन
३४. गाैरिका सिंह - पाैडी
३५. जुनी राई - उसु
३६. भुपेन श्रेष्ठ - तेक्वान्दाे

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया