टाटा मोटर्सकाे चौथो ग्लोबल सर्भिस क्याम्प सुरु

 मंसिर २०, २०७६ शुक्रबार ८:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली.ले तीन दिने ग्लोबल सर्भिस क्याम्प सुरु गरेको छ ।  

बिहीबारदेखि सुरु भएको क्याम्पमा ग्राहकलाई सुरक्षित ड्राइभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टसमा विशेष छुट, निःशुल्क लेबर चार्ज, लुब्रिकेन्टस्मा आकर्षक अफर प्रदान गरिएको छ ।  

शनिबारसम्म चल्ने क्याम्पमा मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न सचेतनामूलक कार्यक्रमका साथै आकर्षक योजना मुख्य आकर्षणका केन्द्र रहेकाछन् ।  

क्याम्पकै अवसर पारेर सिप्रदी ट्रेडिङले टाटा मोटर्सको टाटा विङ्गर (BSIV 2.2 L Dicor) गाडीको औपचारी उद्घाटन पनि गरेको छ । 

ग्लोबल सर्भिस क्याम्पको सुभारम्भ टाटा मोटर्स कमर्सियल गाडीका अध्यक्ष गिरिशवाग र सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्त रुपमा गर्नुभएको थियो ।  

विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया