खोटाङमा अटो दुर्घटना : एक जनाको ज्यान गयो

 मंसिर २०, २०७६ शुक्रबार १७:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक टंक खत्रीको ज्यान गएको हो ।

दिक्तेलमा मर्मत गरी हिँडेको अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो । ज्यान गएको व्यक्तिको उमेर ठेगाना खुल्न बाँकी छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया