खुर्पा प्रहार गरेर बाबुआमाकाे हत्या आराेपमा एक जना पक्राउ

 मंसिर २०, २०७६ शुक्रबार २०:३८:३० | रासस
unn.prixa.net

रुपन्देही - रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको हत्या गरेकाे आराेपमा उनीहरुका कान्छा छोरा गोरख यादव पक्राउ परेका छन् । 

वृद्ध बाबुआमासँगै बस्दै आएका थिए पाँच भाइमध्ये कान्छा २८ वर्षीय गोरखले शुक्रबार अपरान्ह बाबुआमा दुवैलाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । 

गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बाबुको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ, भैरहवा पुर्‍याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

गोरखको आक्रमणमा परेर उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भएकाे र उनकाे युसीएमएस भैरहवामा उपचार भइरहेकाे छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया