१३औँ साग : म्याराथनमा पुष्पाले जितिन् रजत

 मंसिर २१, २०७६ शनिबार ११:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् । 

रजत पदक जित्ने क्रममा पुष्पाले कान्छीमाया कोजुले सन् २०१६ मा राखेको २ घण्टा ५ मिनेट ५७ सेकेण्डको कीर्तिमान भंग गरिन् ।  पुष्पाले निर्धारित ४२ किलोमिटरको दुरी २ घण्टा ५० मिनेट ११ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् । 

स्वर्ण जितेकी श्रीलंकाकी हिरुनी केसाले निर्धारित दुरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गरिन् । त्यस्तै भारतकी ज्योति गावतले २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा म्याराथन पूरा गर्दै कास्य जितिन् । 

पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण जितेका थिए । यससँगै नेपालले एथ्लेटिक्समा ३ स्वर्ण पदक र २ रजत जितेको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया