थिएटरमा मञ्चन : शैलीमा ‘भुसको आगो’, मण्डलामा ‘झोला हराएको मान्छे’ !

जनकपुरमा ‘कल्पना र उर्मिला दुःखमा छन्’

 मंसिर २१, २०७६ शनिबार १४:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आफ्नै नाटकघर सञ्चालनमा ल्याएको शैली थिएटरले ‘भुसको आगो’ नाटक मञ्चन गरिरहेको छ । मंसिर १५ गतेदेखि सुरु भएको यो नाटक ३० गतेसम्म प्रदर्शन हुनेछ ।

नवराज बुढाथाेकीकाे निर्देशन रहेकाे ‘भुसको आगो’ नाटक गोबिन्द बहादुर मल्ल ‘गोठाले’ले लेख्नुभएको हो ।

नाटकमा पञ्चायतकालीन समयमा महिलाका भोगाइ, समस्या, कठिनाइ र बाध्यता देखाउन खोजिएको छ । नाटकमा सरस्वती अधिकारी, देबेन्द्र बब्लु, सचिन प्रजापति, शिशिर अर्याल, सबिन न्यौपाने लगायतको अभिनय छ ।

मण्डलामा ‘झोला हराएको मान्छे’

काठमाण्डाैको अनामनगरमा रहेको मण्डला थिएटरमा नयाँ नाटक ‘झोला हराएको मान्छे’ मञ्चन हुँदैछ । मंसिर २४ गतेदेखि सुरु हुने यो नाटक पुस १७ गतेसम्म मञ्चन हुनेछ ।

 

दीपेन्द्र शाहीले निर्देशन गरेको यो नाटक स्लिम जीवनले लेख्नुभएको हो । मण्डलामा यसअघि अनुप बरालको ‘महाभोज’, सुनिल पोखरेलको मुख्य अभिनय रहेको ‘मिमांश’ प्रदर्शन भएको थियो ।

जनकपुरमा ‘कल्पना र उर्मिला दुःखमा छन्’ 

शिल्पी थिएटरको नयाँ नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ धनुषाको जनकपुरमा प्रदर्शन भइरहेको छ । ‘कल्पना र उर्मिला दुःखमा छन’ नाटक यसअघि कर्णालीका सुर्खेत, दैलेख, जाजरकोटका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो ।

किशोरीहरुको समस्यामा केन्द्रित रहेको यो सडक नाटकमा शिल्पी थिएटरका कलाकारको अभिनय छ । नाटकलाई युवराज घिमिरेले निर्देशन गरेका हुन ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया