१३औँ साग : एक सय मिटर ब्याकस्ट्रोकमा गाैरिकालाई रजत पदक

 मंसिर २१, २०७६ शनिबार १८:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा दुई वटा स्वर्ण पदक जितेकी गौरीका सिंह एक सय मिटर ब्याकस्ट्रोकमा रजत पदक जित्न सफल भएकी छिन् ।

सातदोबाटोमा रहेकाे पौडी पोखरीमा भएको स्पर्धामा भारतकी मन्ना पटेलले स्वर्ण हात पारिन् । उनले निर्धारीत दूरी एक मिनेट २ दशमलव तीन छ सेकेण्डमा पूरा गरिन् ।

दोस्रो स्थानमा रहेकी गौरीकाले एक मिनेट तीन दशमलव १५ सेकेण्डको समय निकालिन् । यस्तै भारतकी रिधिमा बिरेन्द्रकुमार तेस्रो भइन् । उनले एक मिनेट ०५ दशमलव सात दुई सेकेण्डमा दूरी पूरा गरिन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया