चितवनमा अटो पल्टिँदा पाँच जनाको मृत्यु

 मंसिर २२, २०७६ आइतबार ७:०:३७ | रासस
unn.prixa.net

चितवन - चितवनकाे राप्ती नगरपालिका–५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ भने एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

अटो पल्टिँदा अटोमा सवार पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन ।

एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीन जनाको पुरानो मेडिकल कलेजमा र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया