चितवनमा अटो दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाकाे पहिचान खुल्याे

 मंसिर २२, २०७६ आइतबार १०:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा ज्यान गुमाएका पाँचै जनाकाे परिचय खुलेको छ । 

शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पाँच जनाकाे ज्यान जानुका साथै एक जना घाइते भएका थिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ निवासी २५ वर्षीया मीना खड्का, ३२ वर्षकी माया तामाङ, ३५ वर्षकी निरु नेपाली, पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी नगरपालिका ८ बस्ने ४९ वर्षका श्याम प्रसाद तिवारी र खैरहनी ९ बस्ने ४२ वर्षका बिश्वमणी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताउनुभयो ।

मृतकहरुको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा घाइते चितवन खैरहनी ३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । अटो अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । 

तिव्र गतिमा रहेकाे अटाे ढुङ्गामा ठोक्कएर दुर्घटना भएको स्थानियले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया