अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छिन् । उनी देशको राजनीतिक इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री बनेकी छिन् ।
मरिनले यही हप्ता नै पदभार ग्रहण गर्ने बताइएको छ । मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन् ।
फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सना मरिनलाई प्रधानमन्त्री बन्न जोड दिइएको थियो । यसअघि उनी पहिवहन र सञ्चार मन्त्री पनि रहेकी थिइन् ।
३४ वर्षीया मरिन विश्वकै युवा प्रधानमन्त्री बनेकी छिन् । उनले युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुकलाई पनि पछाडि पारेकी छिन् । होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए ।
त्यस्तै मरिनले न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डेनलाई पनि पछाडि पारेकी छिन् । जसिन्दा ३९ वर्षको उमेरमा प्रधानमन्त्री भएकी थिइन् ।
को हुन् सान्ना मरिन ?
मरिनको जन्म सन् १९८५ नोभेम्बर १६ मा फिनल्याण्डमा भएको थियो । उनी सन् २०१५ मा संसद सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । उनी पहिलो पटक सन् २०१९ मा नै सरकारमा सहभागी भएकी थिइन् । उनी सरकारको परिवहन तथा सञ्चार मन्त्री बनेकी थिइन् ।
सन् २०१२ मा उनले प्रशासनिक विज्ञानमा टेम्पियर विश्वविद्यालयबाट स्नातक तहमा डिग्री गरेकी थिइन् । त्यसपछि उनी राजनीतिमा सक्रिय बनिन् । सन् २०१७ मा उनी सिटी काउन्सिलमा चुनिइन् ।