मंगलबार सबै विदेशी मुद्राको भाउ घट्यो

 मंसिर २४, २०७६ मंगलबार ११:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ । सोमबार यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको थियो । 

यस्तै कतारी रियालको भाउ पनि घटेको छ । मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । हिजो यसकोे एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो ।

ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५० पैसा रहेको छ । हिजो सोमबार खरिददर २९६ रुपैयाँ ८६ पैसा रहेको छ थियो । 

यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा तोकेको छ । सोमबार यसको एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो ।

मंगलबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा थियो ।

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा पुगेको छ । सोमबार यसको खरिददर ३७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २५ पैसा रहेको थियो ।  

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा रहेको छ । सोमबार यसको १ को खरिददर ३०२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया