साग फुटबल फाइनल : पहिलाे हाफमा भुटान र नेपालबीच १-१ गाेलकाे बराबरी

 मंसिर २४, २०७६ मंगलबार १५:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलकाे पहिलाे हाफ १-१ काे बराबरीमा सकिएकाे छ । 

खेलकाे १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गाेल गर्दै अग्रता दिलाए पनि भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका हुन् ।

नवाैँ  मिनेटमा नेपालका मिक्चेन तामाङले पोष्टभित्र पाएको मौकामा भने चुक्न पुगेका थिए ।

भुटान पहिलाे पटक साग फुटबलकाे फाइनलमा पुगेकाे हाे । उसले नेपाललाई हराउँदै फुटबलमा अर्काे इतिहास रच्ने दाउमा रहेकाे छ । केही वर्षअघि निकै कमजाेर मानिने भुटानी फुटबल पछिल्लाे समय निकै निखारिँदै गएकाे छ । नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्ने सुनाैलाे अवसर रहेकाे छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेकाे थियाे ।

नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया