एट्लेटिकाे मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

 मंसिर २६, २०७६ बिहिबार ६:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लोकोमोटिभ मस्कोलाई हराउँदै स्पेनिस क्लब एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । 

समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको डिएगो सिमोनीको टिमले अर्को खेलको नतिजामा भर पर्नुपर्ने अवस्था थियो । 
खेलको दोस्रो मिनेटमै एट्लेटिकोले पेनाल्टी पाएको थियो । किरन ट्रिपियरले पहार गरेको पेनाल्टी मस्कोका गोलकिपरले बचाएका थिए । 

१७औं मिनेटमा पाएको अर्को पेनाल्टीलाई हाओ फिलिक्सले गोलमा परिणत गरे । त्यसपछि ५४औं मिनेटमा फिलिपेले गोल गर्दै एटेलेटिको मड्रिडलाई जित दिलाए ।

जितसँगै एट्लेटिकोले समूहमा १० अंक बनाउँदै समूहको उपविजेता बनेको छ । 

समूह ‘बी’ बाट इटालियन क्लब युभेन्टस विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको युभेन्टसले समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर लिभरकुसेनलाई २–० ले हरायो ।

युभेन्टसको जितमा रोनाल्डो र हिग्वेनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ७५औं मिनेटमा रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । 

इन्ज्युरी समयमा हिग्वेनले गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया