प्याजको उत्पादन बढाउन दाङमा 'लसुन, प्याज मिसन'

 मंसिर २७, २०७६ शुक्रबार ११:३७:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका चार वटा पालिकामा 'लसुन र प्याज मिसन' कार्यक्रम सुरु भएको छ । 

कृषि ज्ञान केन्द्रको समन्वयमा दाङका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका १२ मा लसुन, प्याज मिसन कार्यक्रम सुरु भएको हो ।

प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत् किसानलाई आत्मनिर्भर बनाउन मिसन कार्यक्रम सुरु भएको छ । ३ वर्षसम्म सञ्चालन हुने कार्यक्रममा डेढ विघादेखि १५ विद्दा क्षेत्रफलमा खेती गर्नुुपर्ने छ ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले चार ठाउँमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट प्राप्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि निर्णय भए पनि अब कृषि ज्ञान केन्द्रले स्थानीय कृषकसँग प्रस्ताव आह्वान गर्ने ज्ञान केन्द्रले जनाएको छ । 

स्थानीय कृषि समूह, सहकारी र निजी फर्मले लसुन र प्याज खेती गर्नका लागि प्रस्ताव पेस गर्नुपर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया