रियालिटी शो ‘द लिडर’ रविले चलाउने, विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँ

 मंसिर २६, २०७६ बिहिबार १९:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ । 

‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको बुधबार काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।

‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ ।

कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिए ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीकाे भाषण र भिजन दुवैका आधारमा विजेता छनाेट गरिने आयाेजकले जनाएकाे छ । कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयाेजकले दाबी गरेकाे छ ।

पत्रकार सम्मेलनमा निर्णायकत्रय भट्टराई, कार्की र मिश्रले नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका थिए । 

अन्तिम अपडेट: चैत ६, २०८०

7 Comments

  • बिशाल मुक्तन

    Dec. 14, 2019, 12:22 p.m.

    जस्ले जे भने पनि म रबि सरलाई सलाम गर्न चहान्छु जुन अहिले द लिडर चूज कार्यक्रममा जजको रुपमा बस्नु भएको पुर्ब प्रधानमन्त्री कम्रेड बाबुराम सर पुर्ब पत्रकार मिस्र सरलाई नि के भन्न चहान्छु भने तपाइहरुले जुन संचालक बनेर संचालन गर्न खोजेको द लिडर रियालिटी सो मार्फत नेता छनोट गर्ने भनेर लाग्नु भको छ एक दम ठिक छ तर अहिले जुन यो देशको ब्यबस्था जुन असहायक र बिद्रोह तरिकाले जनता माथी शोषण पुर्ण दलाल पुजीवादी सत्तले लुटिरहेको छ र जनतालाई सिंहदरबार गाउँ गाउमा नामको नारा फिजाएर सिंहदरबारका बाग गाउँ गाउमा गएर सोझा जनता माथी लुछिरहेको छ तेसैको परिनाम आज कमरेड बिपलाब जनताको पक्षमा उभिएको छ र जनताले दलाल सरकारको आलोचनात्मक बिद्रोहत्मक तरिकले बोल्दै यो सरकारको कुनै पनि औचित्य नरहेकोले परिवर्तनको खाचो छ भन्दै बिप्लाब नेर्तुत्वाको जय जयकार गरिएको अबस्थ हो त्यसैले म भन्छु तपाइहरुले र तपाहरुको नेर्तुत्वमा कम्रेड बिप्लाब सहितको रियालिटी सो संचालन गरि यो दलाल र भ्रष्टाचारले अक्रान्त बनेका हाम्रो सरकारलाई छिटो भन्दा छिटो प्ररस्त गरि नया ब्यबस्थ ल्याउन जरुरी छ तेसैले एक दुई जनाले बिरोध गर्यो भनेर नरोक्न पनि म अग्राह गर्न चहान्छु।

  •  0 Reply
  • Bharat Kumar shrestha

    Dec. 14, 2019, 10:37 a.m.

    सुन्दा त राम्रो नै लाग्यो तर यसबाट के साँचै नेता नै पाइन्छ भन्ने ग्यारेन्टी छ र ? निर्णायकमण्डलहरु देशभक्त र जनभावना बुझेको राख्नुपर्यो है /

  •  0 Reply
  • Preetam Bhusal

    Dec. 13, 2019, 9:50 a.m.

    सर म पनि यस्मा सहभागी हुन चाहान्छु , म अहिले बुटवल देखि हो, सहभागी हुन के के चाहिन्छ ? के के गर्नु पर्छ ? जस्ले बुझ्नु हुन्छ कृपया प्रतिक्रिया दिनुहोला ।

  •  0 Reply
  • गोविन्द घिमिरे

    Dec. 13, 2019, 7:48 a.m.

    पाटी चलाएर असफल सिद्ध हुन लागेका भट्टराई र मिश्र वाट रियल द लिडर जन्माउन सक्दैनन् अरु भिजन राम्रो छ ।

  •  0 Reply
  • Ram parki

    Dec. 13, 2019, 4:33 a.m.

    यो राम्रो र नयाँ सोचको कार्यक्रम हो, यस्तो कार्यक्रम भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो , राम्रो तर यसको प्रक्रिया अनि अडिसन कहिलेदेखि हुन्छ ??

  •  0 Reply
  • Tamang Hasta Bahadur

    Dec. 12, 2019, 8:24 p.m.

    यसमा सहभागी हुनका लागि के चाहिन्छ ? शैक्षिक योग्यता चाहिने कि त्याहे फिल्डको हुनुपर्ने या जुन फिल्डको भए पनि हुन्छ ??

  •  0 Reply
  • मलाई पनि भाग लिनुछ अडिसनकोलागी कहाँ सम्पर्क गर्नु

    Dec. 12, 2019, 8:23 p.m.

    मलाई हाम्रो पत्रीका सारै मनपर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया