प्रतिभा मालीले माल्दिभ्सकाे लिग खेल्ने

 मंसिर २६, २०७६ बिहिबार २०:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली माल्दिभ्सको लिग खेल्ने भएकी छिन् ।

यसअघि २ संस्करण त्याे प्रतियोगिता खेलिसकेकी मालीले यसपटक माल्दिभ्सको पुलिस टिमबाट खेल्ने पक्का भएको हो । माल्दिभ्स लिगबारे प्रतिक्रिया दिँदै मालीले यस्ता लिगहरुले नेपाली खेलाडीलाई ठूलो एक्सपोजर मिल्ने बताइन् ।

माल्दिभ्सको लिगमा अरु टिमहरुले पनि विदेशी खेलाडी राख्न पाउने भएकाले आफू यही कोटामा परेको बताउँदै यो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न सके अरु ठाउँमा पनि मौका पाइने विश्वास व्यक्त गरिन् ।

प्रतिभाको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको थियो । यस्तै काठमाण्डौमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले ऐतिहासिक रजत पदक जित्दा प्रतिभाको प्रदर्शन उत्कृष्ट नै रहेको थियो ।

माल्दिभ्सको लिगमा उत्कृष्ट खेलाडीहरुको जमघट हुने भएकाले पनि आफू त्यसबाट उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘एसियामा इरानका भलिबल खेलाडीहरु उत्कृष्ट मानिन्छन् । गत वर्ष त्यहाँका खेलाडीहरुसँग मेरो प्रतिस्पर्धा थियो यस पटक हेरौं कस्तो प्रदर्शन गर्छु', संक्षिप्त कुराकानीमा उनले भनिन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया