श्रम मन्त्री यादवकाे कर्मचारीलाई निर्देशन : 'कामचाेर' प्रवृत्ति नदेखाउनुस्

 मंसिर २७, २०७६ शुक्रबार ८:२८:३ | रासस
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियमा उहाँले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिनुभयो ।   

‘नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ’, उहाँले भन्नुभयो, ‘नेपाल सरकारको नीति नियम र कानुनभित्र बसेर स्वतन्त्र, निष्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ ।’ 

मन्त्री यादवले भन्नुभयो, ‘अहिलेको सरकारलाई जनताले दुइतिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ । त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईँहरुको साथ, सहयोग जरुरी छ । त्यसैले तपाईँहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईँहरुको साथमा रहनेछ ।’ 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया