मकवानपुरमा दश किलो चरेससहित २ जना पक्राउ

 मंसिर २७, २०७६ शुक्रबार १२:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुरमा दश किलो चरेससहित शुक्रबार २ जना पक्राउ परेका छन् ।

बाराकाे पचरौटा नगरपालिका-७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुत्लान मिया अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका २ बाट पक्राउ गरेको हो । बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा चढेका उनीहरूबाट १० किलो २ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया