पानीमा रुझ्दै साग पदक विजेताले गरे नगर परिक्रमा

 मंसिर २७, २०७६ शुक्रबार १४:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराउने भनिएको रुट परिवर्तन भएको छ । तोकिएको समय भन्दा झण्डै २ घण्टा ढिलो सुरू भएको नगर परिक्रमाको रूट वर्षाका कारण परिवर्तन गरिएको हो । 

प्रतिकुल मौसमका कारण खेलाडीलाई कठिन हुने भन्दै नगर परिक्रमा कार्यकम त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै फेरि त्रिपुरेश्वर फर्कने तय भएको हो । 

नगर परिक्रमा रुट छोटो भएकाले खेलाडी भृकुटीमण्डपसम्म हिँडेका थिए । त्यसपछि उनीहरु गाडी चढेका थिए ।

यसअघि त्रिपुरेश्वरबाट सुरु भएको परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुग्ने तय भएको थियो । 

र फेरि सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा टुंगिने तय भएको थियो । 

खेलाडीहरुलाई बाटो बाटामो मानिसहरुले सम्मान गरेका थिए । यसपटकको सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जितेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया