नेपालगञ्ज विमानस्थलबाट हुने अधिकांश हवाई उडान प्रभावित

 मंसिर २७, २०७६ शुक्रबार १७:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्जबाट पहाडी तथा हिमाली जिल्लामा शुक्रबारका लागि पूर्व निर्धारित हवाई उडान अवरुद्ध भएका छन् ।

नेपालगञ्ज नागरिक उड्ययन कार्यालयका अनुसार काठमाण्डौ-नेपालगञ्ज उडान नियमित भए पनि दुर्गमका जिल्लामा हिमपात भएको तथा मौसममा खराबी आएका कारण उडान अवरुद्ध भएका हुन् ।

नेपालगञ्ज विमानस्थलबाट बिहान समिट एअरको विमानले डोल्पाका लागि उडान भरेकोे थियो । खराब मौसमका कारण डोल्पा पुगेको समिट एअरको विमान नेपालगञ्ज तथा अन्यत्र उडान हुन नसकी त्यहीँ रोकिएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार नेपालगञ्जबाट दैनिक रुपमा पहाडी तथा हिमाली जिल्लामा डेढ दर्जन बढी उडानहरु हुने गर्दछन् ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार बाँकेमा शुक्रबार बिहानदेखि २.४५ बजेसम्म ५४.५ मिलिमिटर वर्षा भएको छ । चिसोले जनजीवन अत्याधिक प्रभावित भएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया