काठमाण्डौका पहिलो जननिर्वाचित मेयर श्रेष्ठको निधन

 मंसिर २७, २०७६ शुक्रबार २०:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएकाे छ ।

९२ वर्षका श्रेष्ठको शुक्रबार बिहान ७ बजे टेकुमा रहेकाे आफ्नै निवासमा निधन भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

उहाँ विगत एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित हुनुहुन्थ्याे । 

जनकमान श्रेष्ठ काठमाण्डौ नगरपालिकाका पहिलो मेयर तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरुको फैसलाकर्ता न्यायाधीश हुनुहुन्थ्याे । २०१० सालमा उपत्यकाका तीन ‍शहरमा भएकाे स्थानीय चुनावमा कम्युनिस्ट पार्टीका उम्मेदवार श्रेष्ठले दुई तिहाइ मत ल्याएर मेयरमा विजयी हुनुभएकाे थियाे । मेयरमा विजयी हुँदा २५ वर्षको हुनुहुन्थ्याे ।

श्रेष्ठकाे शुक्रबारै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया