प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कास्की - पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवमा आज शनिबार विभिन्न विषयमा बहस हुँदैछ ।
महोत्सवको दोश्रो दिन बिहान ११ बजे ‘लोकगीत कि लोकप्रियता’ शीर्षकको बहसमा गायिका हरिदेवी कोइराला र झुमा लिम्बु तथा गायक प्रकाश सपुत सहभागी हुनुहुनेछ ।
यस्तै दिउँसो १२ बजेपछि ‘सपनाको सम्मान’ शीर्षकको बहसमा डाक्टर रुपचन्द्र विश्वकर्मा, विमला गायक र सुवास नेपाली सहभागी हुनुहुनेछ भने १२ बजे नै नारायण ढकालको पुस्तक ‘तमस’ विमोचन गर्ने कार्यक्रम छ ।
यस्तै दिउँसो १ बजे ‘अध्ययनको भोक’ शीर्षकमा शान्ता चौधरी र करिष्मा मानन्धरसँग छलफल हुनेछ भने त्यसै समयमा ‘कारागारमा किताबी सन्सार’ शीर्षकको बहसमा महेशविक्रम शाह र धर्मराज विश्वकर्मा सहभागी हुनुहुनेछ ।
दिउँसो २ बजे ‘दृष्टिदान’ शीर्षकको छलफलमा डाक्टर सन्दुक रुइतसँग विमर्श हुनेछ भने ३ बजेपछि ‘बतासमा बारुदको गन्ध : नक्सलवाददेखि लेखनसम्म’ शीर्षकको विमर्शमा लेखक मनोरञ्जन व्यापारी सहभागी हुनुहुनेछ ।
३ बजेदेखि नै अर्को सत्रमा ‘राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण’ शीर्षकमा देवेन्द्र सुवेदी र हरिबहादुर थापासँग बहस हुनेछ । दिउँसो ४ बजेपछि ‘जाग लम्क चम्क है खेलकुदका बदलिँदा आदर्श’ शीर्षकमा मिना राई र ननिता महर्जनसँग छलफल हुनेछ ।
यसै समयमा ‘राइटिङ्ग होम एण्ड दी होमल्याण्ड’ शीर्षकको बहस हुनेछ भने बेलुकी ५ बजेपछि सुरु हने ‘नेपाल नेक्सस : राजनीतिमा भू राजनीति’ शीर्षकको बहसमा गगन थापा, सुधिर शर्मा र मानुषि यमी भट्टराई सहभागी हुने साहित्य महोत्सव आयोजक संस्था बुकवर्म फाउण्डेशनले जनाएको छ ।